होमपेज / राजनीति
पुस २७,सल्यान
नेकपा एमाले निकट प्रेस चौतारी नेपाल सल्यानको अध्यक्षमा प्रकाश भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् ।
मंगलबार सल्यानको कपुरकोटमा भएको ६ औं जिल्ला अधिवेशनले भण्डारीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।
जसको उपाध्यक्षमा झक्कु प्रशाद शर्मा, महिला उपाध्यक्षमा शिवा डाँगी रहेका छन् । सचिवमा भुम प्रकाश भण्डारी, सह सचिवमा नोखिराम थापा र सुधीर पुन चयन भयका छन।कोषाध्यक्षमा सन्ध्या महतरा भएकी छन् । अधिवेशनले २१ सदस्यीय कार्यसमिति समेत गठन गरेको छ।





.jpg)