होमपेज / राजनीति
पुस २५,सल्यान
नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठन सल्यानको अध्यक्षमा ध्रुव खत्री निर्वाचित भएका छन् । शनिबार सल्लयानमा खलंगामा सम्पन्न संगठनको ११ औँ जिल्ला अधिवेशनबाट खत्री निर्वाचित भएका हुन ।
जसको उपाध्यक्षमा देवेन्द्र कुमार सेन र कमला घर्ती मगर, सचिव छवि खड्का, सहसचिव हस्त बहादुर भण्डारी र कोषाध्यष चन्दन जिएम रहेका छन् ।
यस्तै सदस्यहरुमा केशव बस्नेत, उपेन्द्र डाँगी, ज्योति पंजक डिसी, पुष्पा वली, राजन डाँगी, तारादेव केसी, चन्द कुमार वली, चन्द्रमा बुढाथोकी जय कुमारी वली, सुरज विक, इन्द्र बहादुर तारम मगर, कुल बहादुर केसी रहेका छन् ।
अधिवेशनले केन्द्रिय प्रतिनिधि समेत छनौट गरेको छ । जसमा प्रकाश शर्मा, अरुण दाहाल, डिल्ली बहादुर घर्ती, नवराज आचार्य र लक्ष्मी शाही रहेका छन् ।





.jpg)