ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा एमाले सल्यानको नवौँ जिल्ला अधिबेशन शुरु

  सल्यान खबर डेस्क २०७८ पौष २३ गते शुक्रबार १९:५०:३१ मा प्रकाशित

सल्यान २३, पुस
नेकपा एमाले सल्यानको नवौँ जिल्ला अधिबेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम खलंगा स्थित टुडिखेलमा जिल्ला अधिबेशनको उद्घाटन सत्र आज सम्पन्न भएको हो । पार्टीका जिल्ला अध्यक्ष गोबिन्द पुनको अध्यक्षतामा भएको उद्घाटन सत्रमा पार्टीका पोलिटव्युरो सदस्य गुलावजंग शाहको प्रमुख आतिथ्यता रहेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै शाहले नेपालको शक्ति र जनता केपि ओलीमा रहेको दावी गर्नुभएको छ । देशमा भएका हरेक बिकास र समृद्धि एमालेको पालामा भएको बताउदैँ उनले आगामी दिनमा हुने हरेक चुनावमा एमाले एक्लै लड्ने उद्घोष गरे  । पार्टीलाई एकजुट र मजबुद वनाउदैँ लैजाने अहिलेको मुख्य कार्यभार भएको उनको भनाइ छ। 
 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top