ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रिय सभा निर्वाचन: कर्णालीबाट तीन पदमा ६ जनाको उम्मेदवारी दर्ता

  सल्यान खबर डेस्क २०७८ पौष २० गते मंगलबार १७:३२:३४ मा प्रकाशित

पुस २०,सल्यान

राष्ट्रिय सभा सदस्य पदका लागि कर्णाली प्रदेशमा गठबन्धन र नेकपा एमालेले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् ।

तीन पदका लागि दुवै पक्षबाट ६ जनाले आज उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट (सुर्खेत), नेपाली काँग्रेसका दुर्गाकुमारी गुरुङ (सुर्खेत), नेकपा एकीकृत समाजवादीका उदयबहादुर बोहोरा (सल्यान) ले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, नेकपा एमालेबाट चुडामणि शर्मा (सुर्खेत), पदबहादुर माझि (दैलेख) र गंगा थापा महत (जुम्ला) ले राष्ट्रिय सभा पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । कर्णालीमा प्रदेश सभाका ३५ सांसद र ७९ पालिकाका प्रमुखरउप–प्रमुख तथा अध्यक्षरउपाध्यक्ष १५६ गरी १९१ जनाले मतदान गर्नेछन् । कर्णालीमा पालिकाको मतभार १८ र सांसदको ४८ रहेको प्रमुख निर्वाचन अधिकृत ड.।राजेन्द्रकुमार आचार्यले बताए । 

रुकुम पश्चिमका ठगेन्द्रप्रकाश पुरी (हाल समाजवादी), हुम्लाका कविता वोगटी (एमाले) र कालिकोटका जीवन बुढा (माओवादी)को पदावधी फागुन १८ गते सकिदैछ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top