होमपेज / राजनीति
पुस १७,सल्यान
नेकपा (एमाले) निकट पेशागत महासंघ जिल्ला समिति सल्यानको अध्यक्षमा प्रशुराम वली निर्वाचित भएका छन् । शनिबार सल्यान खलंगामा भएको समितिको ५ औँ जिल्ला अधिवेशनले वली अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।
जसको खुला उपाध्यक्षमा विष्णु भण्डारी, महिला उपाध्यक्षमा ध्रुवा कुमारी थापा, सचिव दीपक बस्नेत, सह सचिव प्रकाश वली, कोषाध्यक्ष गणेश शर्मा भण्डारी रहेका छन् ।
यस्तै सदस्यहरुमा विपना बुढा मगर, अम्मर बहादुर थापा, विकास विसी, नोखीराम थापा, केशरी श्रेष्ठ, केशव थापा, विमल पौडेल, टोपलाल बुढाथोकी, प्रेम सुनार र धन बहादुर घर्ती मगर निर्वाचित भएका छन् ।
अधिवेशनले ५ सदस्यीय सल्लाहाकार समिति समेत चयन गरेको छ । जसमा लाल बहादुर रावत, दिपेन्द्र प्रकाश डिसी, पुर्ण बहादुर केसी, अमृता शाक्य र भिष्म अधिकारी रहेका छन् ।





.jpg)