ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाल निजामती कर्मचारी युनियन सल्यानको अध्यक्षमा बबाल

  सल्यान खबर डेस्क २०७८ पौष १७ गते शनिबार १९:१४:३८ मा प्रकाशित

पुस १७, सल्यान ।

नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिती सल्यानको अध्यक्षमा लिलाधर बबाल सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार खलंगामा भएको आठौँ जिल्ला अधिबेशनले बबालको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति सर्वसम्मत निर्वाचित गरेको हो ।

अध्यक्ष बवाल शारदा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हुन् । त्यस्तै खुल्ला उपाध्यक्षमा लोकेन्द्र डाँगी, समावेशी उपाध्यक्षमा दिपक पुन, महिला उपाध्यक्षमा त्रिपुरा केसी बोहरा, सचिवमा महेन्द्र बस्नेत, सहसचिवमा तुल्सीराम डाँगी र कोषाध्यक्षमा प्रकाश खड्का रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top