ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाल निजामती कर्मचारी युनियन संघ त्रिवेणी गाउँपालिकाको अध्यक्षमा बस्नेत

  सल्यान खबर डेस्क २०७८ पौष ९ गते शुक्रबार १६:३४:४१ मा प्रकाशित

पुस ९,सल्यान 
नेपाल निजामती कर्मचारी युनियन संघ त्रिवेणी गाउँपालिकाको अध्यक्षमा तारा बहादुर बस्नेत निर्वाचित भएका छन् । शुक्रबार पालिका स्तरिय प्रारम्भिक इकाई कमिटीले बस्नेतको अध्यक्षतामा गठन गरेको हो । 

जसको उपाध्यक्षमा लक्ष्मी चन्द बवाल, सचिव शंकर राना, कोषाध्यक्ष त्रिपुरा केसी बोहरा र सह सचिव दिपक सुनार रहेका छन् । यस्तै सदस्यहरुमा बसन्ता वली, शिवराज वि.क, बलिमान विष्ट, जमुना वली, गंगा बवाल रामजा र खिम बहादुर पुन रहेका छन् । 

प्रारम्भिक इकाई भेलाले ६ सदस्यीय सल्लाहाकार समिति समेत गठन गरेको छ । जसमा प्रभात कुमार श्रेष्ठ, अमर सिं बबाल, लोक बहादुर बोहरा, तुल्सीराम डाँगी, शिवराज गोसाई र गंगाराम ओली रहेका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top