ट्रेण्डिङ

होमपेज / राजनीति

प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशन चितवनमा सुरु

  सल्यान खबर डेस्क २०७८ मंसिर १८ गते शनिबार १३:२०:३० मा प्रकाशित

प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशन आजदेखी सुरु भएको छ । चितवनमा हुने महाधिवेशन आज र भोली दुई दिन सम्म चल्ने आयोजकले जनाएको छ ।

सम्मेलनमा देशैभरबाट एक हजार हाराहारी प्रतिनिधि सहभागी भएका छन् । प्रेस सेन्टर नेपालका अनुसार अधिवेशनमा ७७ जिल्ला, उपत्यका, एशोसिएट र प्रतिष्ठानका प्रतिनिधि सहभागी भएका छन् ।

राष्ट्रिय महाधिवेशन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ । उक्त महाधिवेशनमा विधान संशोधनसँगै तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ । सेन्टरको तेस्रो सम्मेलन काठमाडौँमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top