ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यानका १० वटै स्थानिय तहमा नेकपा माओवादी केन्द्रको पालिका तहको अधिवेशन सुरु

  सल्यान खबर डेस्क २०७८ मंसिर ११ गते शनिबार २०:११:३० मा प्रकाशित

सरिता चलाउने मंसिर ११,सल्यान 
सल्यानका १० वटै स्थानिय तहमा नेकपा ९माओवादी केन्द्रको  पालिका तहको अधिवेशन सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि  शनिवार  १० वटै स्थानीय तहमा अधिवेशन सुरु भएको हो ।

सबै पालिकामा सुरु भएको अधिवेशनमा कतै वन्दसत्र सुरु भएको छ भने कतै सहमति अनुसार सर्वसहमत रुपमा नेतृत्व चयन भएको नेकपा माओवादी केन्द्र सल्यानले जनाएको छ ।  माओवादी सल्यानका अनुसार शारदा नगरपालिका, कालिमाटी, त्रिवेणी, सिद्ध कुमाख र दार्मा गाउँपालिकामा सर्वसम्बत नेतृत्व भएको छ । बाँकी पालिकाहरुमा आइतबार बन्दसत्र राखिएको  जनाइएको छ । कुमाख गाउँपालिकामा भने अध्यक्षका आकांक्षि धेरै भएपनि मतदान हुने भएको छ ।

 कुमाख गाउँपालिकामा गाउँ सम्मेलनमा बोल्दै नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य भीम प्रकाश शर्माले विगतबाट पाठ सिक्दै क्रान्तिकारी बाँकी अभिभारा पुरा गर्न सबै लागि पर्नु पर्ने बताएका छन् । जनयुद्ध र जनआन्दोलनको जगमा निर्माण भएको संविधान, संघीयता, धर्मनिरपेक्षताको संस्थागत विकास गर्न माओवादी नै बढी जिम्मेवार हुनु पर्ने उनको भनाई छ । माओवादी केन्द्र कमजोर भयो भने देश दुर्घटनामा जाने भएकाले कुनै छुट नभएको बताए। देश र जनताको रक्षाको लागि सबै जिम्मेवारी माओवादीकै काँधमा आएको उनको भनाई  छ। 

यसैबिच  नविन  भडेलको अध्यक्षतामा शारदा नगरपालिकाको दोस्रो सम्मेलन सम्पन्न भएको छ  जसको उपाध्यक्षमा  उपाध्यक्षमा तिलक बिक ,पुष्कर बस्नेत र सुकदेव बिक सचिव सन्तोश कुमार राई,  सह सचिव लिला बहादुर रोका र   कोषाध्यक्ष चेत ब। गिरि रहेका छन् । सम्मेलनले  ४ सदस्य पछि मनोनित हुने गरी ६१ सदस्य निर्वाचित गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top