होमपेज / राजनीति
इन्द्र बुढाथोकी ११ मङ्सिर
नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र) सल्यान बनगाड कुपिण्डे नगरपालिका दोश्रो नगर सम्मेलन सूरु भएको छ । देशैभरको एकैदिन पालिका स्तरको सम्मेलन गर्ने कार्यक्रम अन्तर्गत शनिबार बनगाडको सम्मेलन सुरु भएको हो ।
सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि कर्णाली प्रदेश सदस्य तथा सल्यान जिल्ला इन्चार्ज कर्ण बहादुर बुढाथोकीले आन्तरिक पार्टी सुदृढीकरण गरेर पु जनतामा गएर जनताको योजना लागु गर्ने समेत उहाले बताउनु भएको छ । नगरपालिका पार्टी सुधार भएको समेत बताउनु भएको छ । अब नगरपालिका सधै राम्रो भएको र २०६४ सालमा नभत्किएको पार्टी अहिले आफुहरुले भत्काएको बताउनु भएको छ र बनगाडमा आफ्नो पार्टी लालकिल्ला भएको समेत उहाले बताउनु भएको छ ।
अहिले धेरै जिल्ला पार्टीमा प्रवेश गर्नेको लर्को समेत लागेको उहाले बताउनु भएको छ । सल्यान जिल्ला लालकिल्ला हुने समेत ठोकुवा गर्नु भएको छ । केपि ओलि प्रतिगनको नाइके भएको महाधिवेशन गरेर सरकारमा बसेको भ्रष्टाचारलाई प्रमाणित गरेको समेत बताउनु भएको छ देशमा एमाले मै छ भन्ने देखाए पनि महाधिवेशनले एमाले भ्रष्टाचार गरेको प्रमाणित भएको समेत बताउनु भएको छ । अब माओवादी फेरि नंया ढंग बाट अगाडि बढेको र माओवादी प्रती जनलहर बढेको समेत बताउनु भएको छ । रगत पसिनाले बनेको पार्टी हो । दुख कष्ट बाट बनेको आमूल परिवर्तन तथा देशको आमूल परिवर्तन कारी चेतना भएको पार्टी हो अन्य पार्टीको सहितको रगत बाट आएको पार्टी भएको हो । देश प्रचण्डको वरिपरि माओवादी एजेन्डामा देश चलिरहेको बताउनु भएको छ । माओवादी एजेन्डामा देश चलेको तर माओवादी लाई एजेन्डा कार्यान्वयनमा दलालहरुले नदिएको समेत बताएका छन ।
कर्णाली प्रदेश सल्लाहकार सदस्य प्रतिमल बुढाले नेतृत्व हस्तान्तरण गर्न तयार तर पार्टीलाई बिगार पार्टी नेतृत्व आउनु पर्यो अहिले पार्टी बनाउने भन्दा सत्तामा कसरी जाने भन्ने प्रमुख ठान्दा समस्या भएको बताए । रगत र पसिना बगाए आएको पार्टी भएको बताएका छन । बनगाडको पार्टी अब देशको नमुना पार्टी बनाउने पार्टी निर्माण होस अहिलेको गणतन्त्र मात्र होइन सामाजवादी गणतन्त्रको आवश्यक रहेको बताएका छन र एमाले र काङ्ग्रेस पार्टीहरु समाजवादी गणतन्त्र ल्याउन नचाहेको र जवर्जस्ती गणतन्त्रको संविधान लेखेको बताए ।
अब पार्टीमा आउ भनेर नाऔने र विकासको काम गरेर जनताको मन जित्नु पर्ने बताउनु भएको छ । कामका आधारमा पार्टी नेतृत्व दिने र अनुहार हेरेर पद नलिन आग्रह गरेका छन । जिल्ला समन्वय सदस्य धनबहादुर पुन,कमल बिक ,दुर्गा बहादुर बुढाथोकी, बिरबहादुर बुढा केशवराज शर्मा लगाएतले सम्मेलन सफलताको शुभकामना दिनु भएको छ ।
त्यसै गरि बनगाड कुपिण्डे नगरपालिका वडा न ९ बाट विभिन्न पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । जसमा नेपाली काङ्ग्रेसबाट गोपाल बस्नेत, बुद्धिराज बस्नेत, राजबहादुर बस्नेत नेकपा एमालेबाट कर्ण बहादुर बुढाथोकी, कुल बहादुर खड्का, सुमन बुढाथोकी, खिमलाल बस्नेत, तुलविर बुढाथोकी लगाएतले पार्टी प्रवेश गरेका छन ।





.jpg)