ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यानको बनगाडमा विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश

  सल्यान खबर डेस्क २०७८ मंसिर ७ गते मंगलबार १८:१८:५४ मा प्रकाशित

इन्द्र बुढाथोकी, मङ्सिर ७ सल्यान । 
अधिवेशन आउँदै गर्दा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्दमा प्रवेश गर्नेका संख्यामा वृद्धि आउन थालेको छ ।

 नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र) बनगाड कुपिण्डे  नगरपालिकामा नेपाली काङ्ग्रेस र नेकपा एमाले पार्टी परित्याग गरि एक दर्जनले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट  वडा सदस्यका उम्मेदवार भएका बनगाड कुपिण्डे नगरपालिका वडा न ५ का अतिराम राना, वडा सदस्यका उम्मेदवार भएका वडा न १० का तिलक पुनमगर त्यसै गरी वडा न १० का नेपाली काङ्ग्रेसबाट हरि पुन, गोविन्द परियार र गगे पुन रहेका छन भने नेकपा एमालेबाट १० न वडाका अमृते पुरी, रुद्र पुन, सागर विक र ओम प्रकाश पुनले माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

उनलाई नगर अध्यक्ष किर्ती बहादुर रानाले स्वागत गरेका छन । उनीहरुलाई पार्टी प्रवेश गराउदै माओवादी केन्द्रमा प्रवेश गर्नेहरूको लहर चलिरहेको र बनगाडमा माओवादी केन्द्रको किल्ला हुने समेत बताएका छन । विगतमा २०६४ सालमा माओवादीलाई राम्रो नमान्ने व्यक्ति समेत माओवादी केन्द्रमा आएको बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top