ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेस सल्यानको सभापतिमा देउवा पक्षका विष्ट निर्वाचित

  सल्यान खबर डेस्क २०७८ मंसिर ७ गते मंगलबार १३:५२:३० मा प्रकाशित

मंसिर ७,सल्यान 
नेपाली कांग्रेस सल्यानको सभापतिमा केश बहादुर विष्ट निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी ध्रुवराज पुरीलाई ५ मतले हराउँदै विष्ट निर्वाचित भएका हुन । 

निर्वाचित विष्टले ६१२ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी पुरीले ६०७ मत प्राप्त गरेका छन् । विष्ट प्रधानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउवा पक्षबाट उम्मेदवारी दिएका थिए भने पुरीले पौडेल पक्षबाट उम्मेदवारी दिएका थिए । १३ औं महाधिवेशनमा हार व्यहोरेका विष्टले यस पटक भने जीत हात पारेका छन् । 
यस्तै उप सभापतिमा चक्र देवकोटा ५ सय ९६ र शन्तोष केसीले ६ सय २० मत ल्याइ विजयी भएका छन् । उनका प्रतिस्पर्धी गोपाल बुढाथोकीले ५ सय ६ र डिल्ली बहादुर बुढाथोकीले ५६२ मत प्राप्त गरेका छन् । 

 सचिवमा प्रकाश भण्डारी ७०२ र एकराज बुढाथोकी ५५९ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी डिल्ली प्रसाद जैसीले ५३१ र लोकराज आचार्यले ४९७ मत प्राप्त गरेका छन् । 

सह सचिवमा जनकराज गौतमले ६३४ र पदम बहादुर बुढाथोकीले ५७५ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी खिम बहादुर रावतले ५ सय ६९ र बृद्धि प्रकाश हमालले ५६४ मत प्राप्त गरेका छन् । 

सभापति
केश बहादुर बिष्ट - ६१२ बिजयी
ध्रुब राज पुरी - ६०७

उप- सभापति 
गोपाल बुढाथोकी - ५०६
चक्र बहादुर देवकोटा - ५९६ बिजयी
डिल्ली बहादुर बुढाथोकी - ५६२
सन्तोष क. सी -  ६२० बिजयी

सचिब 

एक राज बुढाथोकी -५५९ बिजयी
दिल्ली प्रसाद जैसी - ५३१
प्रकाश भण्डारी - ७०३ बिजयी
लोक राज आचार्य - ४९७

 सह - सचिब
खिम बहादुर रावत - ५६९
जनक राज गौतम -६३४  बिजयी
पदम बहादुर बुढाथोकी - ५७५ बिजयी
बुद्धि प्रकाश हमाल - ६४

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top