ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाली कांग्रेस सल्यानको जिल्ला अधिवशनमा विष्ट र पुरीको उम्मेदवारी

  सल्यान खबर डेस्क २०७८ मंसिर ५ गते आइतबार १८:२९:४१ मा प्रकाशित

मंसिर ५,सल्यान 
सोमबार  हुने नेपाली कांग्रेस सल्यानको १४ औ जिल्ला अधिवेशनको सम्पुर्ण तयारी पुरा  काँग्रेस सल्यानले जनाएको छ ।

सोमबार बिहान ८ बजेबाट सुरु हुने निर्वाचनमा मतदान गर्न लागि जिल्लाभरबाट नेपाली कांग्रेस सल्यानमा आवद्ध सम्पुर्ण सदस्यहरु सदरमुकाम आईपुगेको नेपाली कांग्रेस सल्यान सल्यानले जनाएको छ । सदरमुकाम स्थित टुडिखेलमा हुने मतदानमा १हजार २ सय ८० जनाले मतदान गर्ने छन ।

 मतदान स्थल वरपर सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । भोली हुने १४ औँ जिल्ला अधिबेशनको जिल्ला सभापतीका लागि दुई जना उम्मेदवारी परेको छ । । देउवा प्यानलबाट केश बहादुर विष्ट र रामचन्द्र पौडेल प्यानलबाट ध्रुवराज पुरीको उम्मेदवारी परेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top