ट्रेण्डिङ

होमपेज / राजनीति

माओवादी केन्द्र सल्यानका ८३ वटै वडामा सम्मेलन आज

  सल्यान खबर डेस्क २०७८ मंसिर ४ गते शनिबार ०८:३०:५६ मा प्रकाशित

मंसिर ४,सल्यान 
नेकपा माओवादी केन्द्र सल्यानले शनिवार एकै ८३ वटै वडामा नेतृत्व चयन गर्दैछ ।

आउँदो पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलन अन्तर्गत शनिबार वडा सम्मेलन हुन लागेको हो । सर्वसम्मत नेतृत्व चयन गर्न नसके निर्वाचनमा जान पार्टी केन्द्रले निर्देशन दिएको छ ।

पार्टीले केन्द्र बाहेकमा तीन चरणमा सम्मेलन गर्ने निर्णय गरेको छ । जसअनुसार वडा सम्मेलनपछि यही मंसिर ११ गते पालिका तथा नगर सम्मेलन र २५ गते प्रदेश सम्मेलन सम्पन्न हुने माओवादी केन्द्रले जनाएको छ । 
वडादेखि केन्द्रीय तहसम्म निर्वाचन प्रक्रिया पूरा हुँदा सो पार्टीका तीन लाख कार्यकर्ताले कम्तीमा एउटा पदीय जिम्मेवारी पाउनेछन् । वडा सम्मेलनको तयारी स्वरुप प्रत्येक टोल टोलमा सेल कमिटि गठन गरिएको र एक वडामा २९ सदस्यीय समिति हुने नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज कर्ण बहादुर बुढाथोकीले बताए । 

राष्ट्रिय सम्मेलनको तयारी अन्तर्गत माओवादी केन्द्रले पार्टी सदस्यता वितरण तथा नवीकरण पनि टुंगो लगाएको छ । सल्यानमा १२ हजार ६ सय ५८ पार्टी सदस्य रहेको बुढाथोकीको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top