होमपेज / राजनीति
मङ्सिर ३,सल्यान
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत सल्यानको दुई प्रदेश निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न भएको छ ।
नेपाली कांग्रेस निर्वाचन समिति सल्यानका अनुसार प्रदेश महाधिवेशन प्रतिनिधिका लागि दुई स्थान क्षेत्र न क को थारमारे र क्षेत्र न २ को भोटेचौरमा मतदान भएको छ । मतदान मध्यान्ह १५ बजेदेखि दिउँसो ४ बजेसम्मको समय तोकिएको थियो ।
निर्वाचन समितिका अनुसार प्रदेश सभा क मा ६ सय ५७ मतदातामा ६ सय २४ मत खसेको छ भने प्रदेश सभा ख मा ६ सय १२ मतदातामा ६ सय १ मत खसेको छ ।
प्रदेश सभा क को सभापतिमा सुरेश चन्द र गोरख खत्री तथा ख मा सुरेश अधिकारी र वीर बहादुर सेजवाल बिच प्रतिस्पर्धा हुने देखिएको छ । मतगणना आज रातीबाट नै सुरु हुने निर्वाचन समितिले जनाएको छ ।





.jpg)