होमपेज / राजनीति
मंसिर १,सल्यान
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बनगाड कुपिण्डे नगरपालिकाले टोल समिति गठनलाई तिव्रता दिएको छ ।
अभियानै सञ्चालन गरी टोल भेला तथा कमिटि गठन गर्दै आएको माओवादी केन्द्रले मंगलबार बनगाड कुपिण्डे नगरपालिकाको वडा न ८ मा तीन वटा टोल समिति निर्माण गरेको छ । भेलाले टोल न १ मा इश्वर कंवर अध्यक्ष, तुल्सी कंवर सचिव, टोल न २ मा भीम बहादुर कंवर अध्यक्ष, सेतिराम पुरी सचिव, र टोल न ३ मा हरि बहादुर परियार अध्यक्ष र कृष्ण कंवर सचिव निर्वाचित गरेको छ । तीन वटै टोल १९ सदस्यीय रहेको नेकपा माओवादी केन्द्र वनगाड कुपिण्डे नगरपालिकाका ८ का वडाध्यक्ष शेरजंग कंवरले जानकारी दिए ।
कार्यक्रममा पार्टी वडा अध्यक्ष शेरजंग कवर वडा इन्चार्ज तथा नगर कमिटी सदस्य कुल ब. पुरी, नगर सल्लाहकार सदस्य पोखर सिङ कवर वडा सदस्यहरु चेत बहादुर कवर , कुल्धर कवर , लोकेन्द्र कवर , इन्द्रराज गिरि भुपेन्द्र कवर लगायतको उपस्थिति िरहेको थियो ।





.jpg)