होमपेज / राजनीति
कात्तिक ३०,सल्यान
पेट्रोलियम पदार्थ मूल्य वृद्धिका विरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार नेपाल बन्दको आह्रावान ग¥यो । प्राय बन्दमा बन्दकर्ता र प्रहरीको लुकिछिपि, तोडफोड, आगजानी हुने गर्दद्ध । तर मंगलबार सल्यानमा नेपाल बन्दको स्वरुप भने केही भिन्न देखियो ।
सडकमा देखिएका बन्दकर्ता र प्रहरी भने सडकमा जेब्रा क्रसिङ बनाउन व्यस्त देखिन्थ्ये । बन्दको क्रममा उनीहरु दिनभर सडकमा ट्राफिक चिन्हको व्यवस्थापनमा जुटेका थिए ।
दुर्घटना कम गर्न, समाजमा सकारात्मक सन्देश दिन र राजनीतिक कार्यकर्ताहरु अशल कार्यकर्ता हुन भन्ने कुराको पुष्टि गर्न रचनात्मक कार्य गरी बन्द सफल बनाएको नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज सविन पोखरेलले बताए । बन्द हडताल भन्ने बित्तिकै तोडफोड, डरपकड, आन्दोलननै गर्नु पर्छ भन्ने पुरानो मान्यतालाई तोड्न पनि रचनात्मक कार्यमा लागेको पोखरेलको भनाई छ ।
मूल्यवृद्धिको विरोधमा बन्द भएपनि त्यसलाई सदुपयोग गरेर रचनात्मक बनाइएको उनको भनाई छ । बन्दको समयमा यस्तो गरेमा नियमित अवस्थाको भन्दा राम्रो हुने र सडक खाली भएको बेला गरिएको पेन्ट समेत र्दीघकालिन हुने भएकाले जेव्राक्रसिङ निर्माण गरिएको उनको भनाई छ ।





.jpg)