ट्रेण्डिङ

होमपेज / राजनीति

प्रेस सेन्टर नेपाल छत्रेश्वरी गाउँपालिकाको अध्यक्षमा रावत

  सल्यान खबर डेस्क २०७८ कार्तिक २९ गते सोमबार १६:३५:४४ मा प्रकाशित

कात्तिक २९,सल्यान 
प्रेस सेन्टर नेपाल छत्रेश्वरी गाउँपालिकाको अध्यक्षमा राजेन्द्र रावत निर्वाचित भएका छन् । सोमबार छत्रेश्वरी गाउँपालिकाको लान्तीमा सम्पन्न प्रथम गाउँ सम्मेलनले रावतको अध्यक्षतामा दुई पछि थप्ने गरी ९ सदस्यीय समिति गठन गरेको हो । 

जसको उपाध्यक्षमा सपना वि.क., सचिव लक्ष्मण नाथ योगी, कोषाध्यक्ष यमुना कुमारी रावत रहेका छन् । यस्तै सदस्यहरुमा घनश्याम पुन मगर, जनक महतरा र रमेश क्षितिज बराइली रहेका छन् । 

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य दिपक शर्मा, नेपाल कम्युनिस्ट पार्टी सल्यान क्षेत्र न (ख) का इन्चार्ज चित्र बहादुर केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

यो संँगै प्रेस सेन्टर सल्यानका पाँच पालिकामा सम्मेलन सम्पन्न भएका छन् । जिल्लाको कुमाख , दार्मा, छत्रेश्वरी गाउँपालिका, बनगाड कुपिण्डे र बागचौर नगरपालिकामा सम्मेलन तथा भेला सम्पन्न भई सकेका छन् । बाँकी शारदा नगरपालिका, कालिमाटी, त्रिवेणी, सिद्ध कुमाख र कपुरकोट गाउँपालिकामा छिट्टै भेला सम्मेलन गरिने प्रेस सेन्टर सल्यानका अध्यक्ष प्रकाश शर्माले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top