ट्रेण्डिङ

होमपेज / राजनीति

पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध सल्यानमा विद्यार्थीको विरोध प्रदर्शन

  सल्यान खबर डेस्क २०७८ कार्तिक २८ गते आइतबार १४:५०:२१ मा प्रकाशित

कात्तिक २८,सल्यान 

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिका विरुद्ध सल्यानमा विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् । दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोलियम पदार्थको मूल्य वृद्धिले समग्र क्षेत्रमा प्रभाव पार्ने भन्दै मूल्य वृद्धि तत्काल फिर्ता गर्न भन्दै आइतबार विरोध प्रदर्शन गरिएको हो । 

मूल्य वृद्धिले आम नेपाली जनजीवनमा सिर्जना गरेको नकारात्मक परिस्थितिप्रति गम्भीर बन्न सरकारलाई विद्यार्थीले खबरदारी समेत गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भातृ सङ्गठन अखिल (क्रान्तिकारी) सल्यानले विरोध प्रदर्शन गरेको हो । 

निगम भित्रको भ्रष्टाचार, चुहावट, अनियमितता र बेथिति अन्त्य गरी जनतालाई सहुलियत दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष राजेन्द्र खड्काले आग्रह गरे । अन्तर्राष्ट्रिय बजार मूल्यको समायोजनको बहानामा जनताको ढाड सेक्ने गरी गरिएको मूल्य वृद्धि तत्काल फिर्ता नलिए थप आन्दोलनमा जाने उनले चेतावनी दिए । पछिल्लो १५ दिनमा मात्रै २ पटक पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको र त्यसको मारमा विद्यार्थी,  मजदुर, किसान परेको उनको भनाई छ । श्रम गरेर खाने वर्ग अहिले मूल्य वृद्धिका कारण भोक भोकै बस्नुपर्ने अवस्था आएको उनले बताए । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top