ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यानमा सामाजिक सञ्जालमा गाली गरेकै भरमा वडाबाट प्राप्त हुने सेवा सुविधामा रोक

  सल्यान खबर डेस्क २०७८ कार्तिक २६ गते शुक्रबार १५:२७:५७ मा प्रकाशित

 कात्तिक २६,सल्यान 

सामाजिक सञ्जालमा गाली गरेको बन्दै सल्यानका एक वडावासीलाई वडाबाट हुने सेवा सुविधाबाट वञ्चित गरिएको छ । 

जिल्लाको बागचौर नगरपालिका – ४ ले स्थानीय दिल बहादुर केसीले वडा अध्यक्ष लगायत अन्य जनप्रतिनिधिलाई  चरित्र हत्या गरेको भन्दै वडा कार्यालयले विज्ञप्ति नै जारी गरी केसीलाई वडा कार्यालयबाट प्राप्त हुने सम्पूर्ण सेवाबाट वञ्चित गर्ने जानकारी गराएको हो । 

वडा अध्यक्ष प्रेम बहादुर पुनद्वारा जारी विज्ञप्तिमा स्थानीय केसीले आफ्नो कमजोरी नसच्याएसम्म वडाबाट प्रदान गरिने सम्पूर्ण सेवा सुविधाबाट वञ्चित गरिने उल्लेख गरिएको छ । 

वडाध्यक्ष लगायत सदस्यहरूलाई छोटे राजाको दमनको संज्ञा दिई सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने, अनावश्यक आरोप लगाएकाले सेवा सुविधाबाट वञ्चित गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

यस्तै यस्तो अराजक तत्त्वबाट भ्रममा नपर्न सम्पूर्ण जनसमुदाय, वडा बासी प्रति अनुरोध गरिनुका साथै दिल बहादुर केसीले सामाजिक सञ्जालमा गरेको कार्य प्रति देख प्रकट गर्दछौँ  विज्ञप्तिमा भनिएको छ । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top