होमपेज / राजनीति
कात्तिक १२,सल्यान
नेकपा एकीकृत समाजवादी पार्टीका सहमहासचिव प्रकाश ज्वालाले ओलीको स्वइच्छाचारीका विरुद्ध उभिन नयाँ पार्टी गठन भएको बताएका छन् । दुई तिहाईको आडको मौलाएको भ्रष्टाचार, अलोकतान्त्रिक क्रियाकलापको साक्षी बन्न नसक्दा विद्रोह गरेको बताएका छन् ।
नेकपा एकीकृत समाजवादी सल्यानले शुक्रबार आयोजना गरेको शुभ दिपावली, छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका इन्चार्ज समेत रहेका ज्वालाले लोकतन्त्रलाई ध्वस्त बनाउने, कम्युनिस्ट आन्दोलनलाई सखाप पार्न केपी ओली अघि बढ्दा समस्या भएको बताए ।
विद्रोहबाट जन्मिने नै क्रान्तिकारी हुने बताउँदै उनले आफूहरुको विद्रोह पनि सफल हुने दावी गरे । नेपालमा भएका जति पनि परिवर्तन भएका छन् ती सबै विद्रोहको उपलब्धि भएको उनको भनाई छ ।
अर्को एक प्रसंगमा नेता ज्वालाले आउने हुने निर्वाचनमा वामपन्थी, लोकतान्त्रिक शक्तिसँग मिलेर चुनावमा जाने बताए । एमाले कुनै कम्युनिस्ट र लोकतान्त्रिक पार्टी नभएकाले उक्त पार्टी बाहेक अन्य पार्टीसँग मिलेर निर्वाचनमा जाने उनले बताए ।





.jpg)