होमपेज / राजनीति
असोज २५,सल्यान
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले सल्यानको त्रिवणीमा पार्टी कार्यालय स्थापना गरेको छ । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युताइदिए पछि सोमबार त्रिवेणी गाउँपालिकाले लुहाममा पार्टी कार्यालय स्थापना गरेको हो ।
पार्टी कार्यालय उद्घाटन गर्दै माओवादी केन्द्रका कर्णाली प्रदेश सह इन्चार्ज टेक बहादुर बस्नेतले कम्युनिस्ट आन्दोलनलाई विघटन हुँनबाट बचाउन सक्ने सामथ्र्य माओवादी केन्द्रसँगमात्र भएको बताए । जनताको इच्छा आकांक्षालाई परिपूर्ति गर्न र नेपाली जनतालाई परिवर्तनको आभाष दिलाउन सक्ने पार्टी मात्र माओवादी भएको बताए ।
कार्यक्रममा नेकपा एमालेका भातृ संगठन युथ फोर्सका जिल्ला सदस्य तथा त्रिवेणी संयोजक सुरेश नेपालीको नेतृत्वमा सात जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नव प्रवेशीलाई प्रतिनिधि सभा सदस्य टेक बहादुर बस्नेत, जिल्ला संयोजक प्रकाण्ड लगायतले टिका लगाएर स्वागत गरेका थिए । पार्टी कार्यालय स्थापना कार्यक्रमसँगै पार्टी प्रशिक्षण कार्यक्रम समेत सम्पन्न भएको छ ।





.jpg)