ट्रेण्डिङ

होमपेज / राजनीति

तीन बुँदे सहमति कार्यनयनको माग गर्दै सल्यानमा नेकपाको प्रदर्शन 

  सल्यान खबर डेस्क २०७८ आश्विन २० गते बुधबार १९:०७:२८ मा प्रकाशित

असोज २५, सल्यान । 

विप्लव नेतृत्वको नेकपा सल्यानले विरोध प्रदर्शन गरेको छ । 
सरकारसँग भएको तीन बुँदे सहमति कार्यनयन नभएको भन्दै नेकपाले मंगलबार सल्यान खलंगामा प्रदर्शन गरेको हो । 

टुडिखलबाट सुरु भएको र्याली पुरानो बसपार्क हुँदैन कारागार कार्यालय, नेपाल बैंक रोडबाट पुनः पुरानो बसपार्कमा आएर कोणसभामा परिणत भएको थियोे ।

कार्यक्रमलाई नेकपाका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज सविन पोखरेलले सम्बोधन गरेका थिए । सरकारले गरेको तीन बुँदे सहमति कार्यनयन नगरे अब आफुहरु संघर्षको बाटोमा जाने उनले बताए । 

संसदीय व्यवस्था असफल भैसकेको बताउँदै उनले अब वैज्ञानिक समाजवाद स्थापनाका लागि आफुहरु जनतामाझ जाने उनको भनाइ छ । त्यसको लागि पार्टीले जनमत संग्रहको माग गरेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top