होमपेज / राजनीति
असाेज १८, सल्यान ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी सल्यानले सरकारसँग भएका तीन बुँदे सहमती कार्यनवय गर्न माग गर्दै ज्ञापन पत्र बुझाएकाे छ ।
जिल्ला प्रशासन कार्यालय सल्यानमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयलाइ साेमबार नेकपा सल्यानले ज्ञापनपत्र पठाएकाे हाे ।
जिल्ला सेक्रेटरी नारायण चन्द र विषेश कमिटी सदस्य लाेकपाल केसीकाे नेतृत्वमा गएकाे टाेलीले प्रमुख जिल्ला अधिकारी लक्षमीदेवी हुमागाइलाइ ज्ञापनपत्र बुझाएकाे हाे । विज्ञप्तीमा तीन बुँदे सहमतीमा लेखिएकाे बन्दीहरुकाे रिहाइ र मुद्दाहरु खारेजी गर्ने कार्य कार्यन्वयन नभएकाे भनिएकाे छ ।
जिल्ला कारागार सल्यानमा नेकपा सल्यानका जिल्ला कमिटी सदस्य भीम बहादुर रावत र कालीराम बादी रहेका छन् ।
त्यस्तै सल्यानमा प्रतिबन्दकाे बीचमा नेकपाका ४० जना नेता कार्यकर्ता पक्राउ परेका थिए । अहिलेसम्म पनि धेरै नेता कार्यकर्ताहरूलाइ ७० वटा मुद्दा रहेकाे नेकपा सल्यानका इन्चार्ज सविन पाेखरेलले बताए । यी सबै मुद्दा झुटा रहेकाे उनकाे भनाइ छ ।





.jpg)