होमपेज / राजनीति
असोज १८,सल्यान
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्त प्रकाश वली सुदर्शनले सरकार र आफ्नो पार्टी बिच भएको ३ बुँदे सहमति कार्यान्वयन नभए फेरी सङ्घर्षमा होमिने बताएका छन् ।
सरकार तीन बुँदे सहमति कार्यान्वयनमा उदासीन देखिएको बताउँदै उनले यदि सहमति कार्यान्वयन नभए त्यसलाई नै हतियार बनाएर सङ्घर्षमा होमिने दाबी गरे ।
सोमबार सल्यानमा कार्यकर्तासँग कुरा गर्दै नेता ओलीले तीन बुँदे सहमतिमा भएको बन्दीहरूको विना सर्त रिहाइ र झुट्टा मुद्दा फिर्ताको कार्यान्वयन नभएको बताए ।
उनले शान्तिपूर्ण ढङ्गबाट राज्य व्यवस्थाको कुरा गर्दा राज्य पक्षबाट नै पहिले बन्दुक उठ्ने गरेको बताए । राज्यले उठाएको हतियारको जवाफ दिन क्रान्ति गर्नु पर्ने अवस्था आइरहेको ओलीको भनाई छ ।
अर्को एक प्रसङ्गमा कुरा गर्दै नेता ओलीले अहिलेको संसदीय व्यवस्थाले जनताको मागलाई सम्बोधन गर्न नसक्ने बताए । अहिले व्यवस्था भनेको जनताले बोल्न पाउने तर खाना नपाउने व्यवस्था भएको दाबी गरे । संसदीय व्यवस्थामा जान ७० प्रतिशत जनप्रतिनिधिहरू ठेकेदार र दलाल भएको आरोप लगाउँदै उनले यो व्यवस्थाले जनतालाई निकास दिन नसक्ने बताए ।





.jpg)