होमपेज / राजनीति
असोज १०,सल्यान
नेपाली कांग्रेसको गाउँ ÷ नगर अधिवेशनमा प्रधानमन्त्री शेर बहादुर देउवा र नेता रामचन्द्र पौडेल प्यानलले सल्यानमा समान पाँच पाँच स्थानीय तहमा विजयी भएका छन् ।
शनिवार सम्पन्न अधिवेशनमा दस स्थानीय तह मध्ये दुई स्थानीय तहमा सर्व सहमति भएको थियो भने बाँकी आठमा स्थानीय तहमा चुनाव भएको थियो । सर्व सहमति भएको त्रिवेणी गाउँपालिकामा गङ्गाराम पुन देउवा प्यानलका हुन भने सिद्ध कुमाखमा सहमतिमा सभापति भएका वीर बहादुर बुढाथोकी पौडेल प्यानलका हुन ।
यस्तै चुनावबाट सम्पन्न मत परिणाम अनुसार देउवा प्यानलले बनगाड कुपिण्डे, बागचौर नगरपालिका, छत्रेश्वरी र कुमाख गाउँपालिकामा जीत हासिल गरेको छ भने पौडेल प्यानलले शारदा नगरपालिका, कपुरकोट, कालिमाटी र दार्मा गाउँपालिका विजयी हासिल गरेको छ ।
कसको मत कति
शारदा नगरपालिका दीपक हमाल १४५, हिमेन्द्रबाबू सेजवाल ८८
बागचौर नगरपालिका दीपेश डिसी १०८, भीम बहादुर भण्डारी ७२
बनगाड कुपिण्डे नगरपालिका पुरुषोत्तम आचार्य ७२, दीपेन्द्र बिस्ट ६५, दुर्गा खड्का ६
कपुरकोट गाउँपालिका यगराज वली ६२, विष्णु शर्मा ३२
कालिमाटी गाउँपालिकाः गणेश केसी ७३, पूर्ण बहादुर खत्री २३
छत्रेश्वरी गाउँपालिका सिता केसी ६१, टेक बहादुर विष्ट ४२
दार्मा गाउँपालिका कृष्ण वली ४९, विशाल सिंह ठकुरी ४०
कुमाख गाउँपालिका ईश्वरी शाही ५१, इन्द्र प्रकाश शर्मा ४४
त्रिवेणी गाउँपालिका गङ्गाराम पुन सहमति र
सिद्ध कुमाख गाउँपालिका वीर बहादुर बुढाथोकी सहमति





.jpg)