होमपेज / राजनीति
असोज ९,सल्यान
जिल्लाको पहिलो नगरपालिका शारदा नगरपालिकामा दीपक कुमार हमालको पुरै प्यानल विजयी भएको छ । १४ औँ महाधिवेशनबाट दीपक कुमार हमालको पुरै प्यानल विजयी भएको हो । उनले १ सय ४५ मत प्राप्त गर्दै विजयी भएका हुन । उनका प्रतिद्वन्द्वी हिमेन्द्रबाबु सेजवालले ८८ मत प्राप्त गरेका छन् ।
उपसभापतिमा लोकबहादुर भण्डारीले १ सय २१ र अमिका बोहराले १ सय २८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अभिषेक हमालले ८६ र तेजराज थापाले ८५ मत प्राप्त गरेको शारदा नगरपालिकाका निर्वाचन अधिकृत तुफाम थापाले जानकारी दिए ।
यस्तै सचिवमा अनिल भण्डारी १ सय ३६, कुल बहादुर रावत १ सय ५५ मत ल्याई विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी यादव हमालले ६८ र उत्तम थापाले ६९ मत प्राप्त गरेका छन् ।
सहसचिवमा चेतना शाहले १ सय ५४, पूर्ण बहादुर खड्काले १ सय २४ मत ल्याई विजयी भएका हुन । उनका प्रतिद्वन्द्वी भेद बहादुर गिरीले ७५ र कृष्ण बहादुर कंवरले ९० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।





.jpg)