होमपेज / राजनीति
असोज ९,सल्यान
नेपाली कांग्रेस सल्यानको १४ औँ महाधिवेशन अन्तर्गत गाउँ नगर अधिवेशन चली रहेको छ । जिल्लाका दुई बाहेक आठमा निर्वाचन भएकोमा छत्रेश्वरी गाउँपालिकामा भने महिला निर्वाचित भएकी छन् ।
छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष समेत रहेकी सिता केसी ६१ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन । उनले निकटतम प्रतिद्वन्द्वी टेक बहादुर विष्टलाई पराजित गरेकी हुन । निर्वाचित केसी ६१ मत प्राप्त गर्दा विष्टले ४२ मत प्राप्त गरेका छन् ।
यस्तै कालिमाटी गाउँपालिकामा गणेश केसी निर्वाचित भएका छन् । केसीले ७३ मत प्राप्त गर्दै विजयी भएका हुन । उनका प्रतिद्वन्द्वी पूर्ण बहादुर खत्रीले २३ मत प्राप्त गरेका छन् । उता कुमाख गाउँपालिकाको पनि नतिजा सार्वजनिक भएको छ । कुमाखमा इन्द्र प्रकाश शर्मालाई पराजित गर्दै ईश्वरी शाही विजयी भएका छन् ।
कपुरकोट गाउँपालिकामा विष्णु शर्मालाई पराजित गर्दै यगराज वली विजयी भएका छन् । विजयी यगराजले ६३ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी विष्णु शर्माले ३० मत प्राप्त गरेका छन् । यस्तै दार्मा गाउँपालिकामा कृष्ण बहादुर वलीले ४९ मत ल्याई निर्वाचित भएका छन् । उनले विशाल सिंह ठकुरी ४० मत प्राप्त गरेका छन् । ल्यार्ई पराजित गरेका हुन ।
अन्य गाउँ र नगरको मत गणना भइरहेको कांग्रेसले जनाएको छ ।





.jpg)