होमपेज / राजनीति
असोज ९,सल्यान
नेपाली कांग्रेसको १४ महाधिवेशनको पुर्व निर्धारित मिति अनुसार सल्यानका दश वटै स्थानीय तहमा अधिवेशन भएको छ । दश स्थानीय तह रहेको सल्यानमा दुई स्थानीय तह त्रिवेणी र सिद्ध कुमाख गाउँपालिकामा मात्र र्निविरोध अध्यक्ष लगायतको पदाधिकारी चयन भएको छ । बाँकी आठ नगर /गाउँमा निर्वाचन भएको नेपाली कांग्रेस सल्यानले जनाएको छ ।
त्रिवेणी गाउँपालिकामा गंगाराम पुनर र सिद्ध कुमाख गाउँपालिकामा विर बहादुर बुढा र्निविरोध निर्वाचित भएको कांग्रेस सल्यानका सचिव प्रकाश भण्डारीले बताए । आठ स्थानीय तहमा भने निर्वाचन भएको र आज नै नतिजा आउने उनको भनाई छ । प्रधानमन्त्री देउवा र रामचन्द्र प्यानल बिच कडा प्रतिस्पर्धा देखिएको छ ।
शारदा नगरपालिकामा हिमेन्द्रबाबु सेजवाल, दीपक कुमार हमा, बागचौर नगरपालिकामा भीम बहादुर भण्डारी र दिपेन्द्र डिसी, बनगाड कुपिण्डे नगरपालिकामा भने तीन जनाको उम्मेदवारी परेको छ । जसमा दिपेन्द्र विष्ट, पुरुषोत्तम आचार्य र दुर्गा खड्का चुनावी मैदानमा उत्रिएका छन् ।
यस्तै दार्मा गाउँपालिकामा कृष्ण बहादुर वली र विशाल सिहं ठकुरी, कपुरकोट गाउँपालिकामा एकराज वली र विष्णु शर्मा, कालिमाटी गाउँपालिकामा पूर्ण बहादुर खत्री र टोप बहादुर खत्री, छत्रेश्वरी गाउँपालिकामा टेक बहादुर विष्ट र सिता केसी र कुमाख गाउँपालिकामा इश्वरी शाही र इन्द्र प्रकाश शर्मा बिच कडा प्रतिस्पर्धा देखिएको छ ।





.jpg)