ट्रेण्डिङ

होमपेज / राजनीति

सौरभले त्यागे राप्रपा नेपाल

  सल्यान खबर डेस्क २०७८ भाद्र २६ गते शनिबार १४:२३:५९ मा प्रकाशित

भदौ २६,सल्यान 

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धन बहादुर वली सौरभले पार्टी परित्याग गरेका छन् । दुई वर्ष अघि राप्रपामा प्रवेश गरेको वलीले शुक्रवार एक प्रेस विज्ञप्त जारी गर्दै पार्टी परित्याग गरेका हुन । 

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सञ्चालन गरेको जनयुद्धमा सक्रिय भएका उनले शान्ति पक्रियाबाट पार्टीबाट असन्तुष्ट जनाउँदै राप्रपामा प्रवेश गरेका थिए । जनयुद्धको क्रममा उनी माओवादी सल्यानको जिल्ला शेक्रेटरी, इन्चार्जसम्मको जिम्मेवारी निर्वाह गरी सकेका छन् । 

वलीद्वारा जारी विज्ञप्तिमा राजनीतिक जीवन प्रक्रियामा एउटा राजनीतिक ध्रुवको लामो एवं त्यागपूर्ण इतिहास हुँदाहुँदै आकस्मिक र अप्रत्याशित परिघटनाका कारण क्षणिक समय भएपनि अर्को राजनीतिक ध्रुव राप्रपा नेपालमा संलग्न हुँदा स्वयम मलाई र सबै सहृदयी वर्गलाई स्वाभाविक, सान्दर्भिक एव. समयानुकूल नलागेको उल्लेख गरिएको छ ।

 साथै आजकै मितिदेखि रा.प्र.पा नेपाल परित्याग गरेको सार्वजनिक गर्दै वर्तमान समाजको यात्रा भनेको समाजवादी आन्दोलनको आवश्यकता तिर नै हुने उनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top