ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यानमा एमाले २५ हामी ७५ प्रतिशत हो : एकीकृत समाजवादी

  सल्यान खबर डेस्क २०७८ भाद्र २३ गते बुधबार १५:२०:०६ मा प्रकाशित

भदौ २३,सल्यान 
नेपाल कम्युनिस्ट (एकीकृत समाजवादी) ले सल्यानमा एमाले २५ र आफ्नो पार्टी ७५ प्रतिशत रहेको दावी गरेको छ । बुधबार सल्यान खलंगामा पत्रकार सम्मेलन गर्दै समाजवादीले जिल्लामा सिंगो पार्टी नै समाजवादीमा रहेको दावी गरेको हो ।  

एमाले विभाजन भएपछि जनप्रतिनिधिहरुलाई मंगलबारसम्मको दल रोज्न समय दिएको थियो । जसमा एमालेबाट निर्वाचित १ सय ४२ मा ७६ जना नेकपा  (एस) मा समाहित भएका छन् । 

यस्तै तत्कालिन एमालेको जिल्ला कमिटीबाट निर्वाचन ६० मध्ये ३०  जना समाजवादी रोजेकाले सल्यानमा नेकपा (एसं) ७५ प्रतिशतको दावी गरेको जिल्ला सचिव रमेश गौतमले बताए । एमालेको निर्वाचनको समयमामा नै दुई टीम बनाएर निर्वाचनमा गएको र आफ्नो टिमबाट सचिव सहित ७ जनाले मात्र निर्वाचित भएको भएपनि अहिले २५ जना निर्वाचित सदस्यहरु समाजवादीमा आएको उनको भनाई छ । 

तत्कालिन निर्वाचनलाई आधिकारिकता मानिने हुँदा आफ्नो पक्षमा ३० जना र निर्वाचनमा थोरै मतले हारेका सम्पूर्ण नेताहरु आफ्नै पार्टीमा रहेको गौतमको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top