होमपेज / राजनीति
भदौ २२,सल्यान
सल्यानका ७६ जनप्रतिनिधि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी राजेका छन् । एमाले विभाजन भएपछि जनप्रतिनिधिहरूलाई मङ्गलवार सम्म दल रोज्न समय दिइएको थियो ।
जिल्ला निर्वाचन कार्यालय सल्यानका अनुसार सिद्ध कुमाख गाउँपालिकाका गाउँपालिका अध्यक्ष र कपुरकोट गाउँपालिका उपाध्यक्ष जनाले समाजवादी रोजेका छन् ।
वडा अध्यक्षमा कपुरकोट गाउँपालिकामा २, त्रिवेणी गाउँपालिकाबाट १, छत्रेश्वरी गाउँपालिकाबाट २, शारदा नगरपालिकाबाट ३, सिद्ध कुमाख गाउँपालिकाबाट २ जनाले समाजवादीमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय सल्यानका निमित्त निर्वाचन अधिकारी तेजेन्द्र कुमार चन्दले जानकारी दिए ।
यस्तै दार्मा गाउँपालिकाबाट १, कुमाख गाउँपालिकाबाट १, बनगाड कुपिण्डे नगरपालिकाबाट ३ र कालिमाटी गाउँपालिकाबाट २ गरी १७ जना वडाध्यक्षले समाजवादी रोजेको उनको भनाई छ । एमालेले २७ वडामा जितेको थियो । २७ मध्ये अब एमालेमा १० जना मात्रै वडाध्यक्ष रहेका छन् ।
यस्तै ५७ वडा सदस्यले नेकपा एकीकृत समाजवादी पार्टी रोजेको चन्दको भनाई छ । एमालेका १ सय ४२ जनप्रतिनिधि रहेका थिए ।
सनाखत गरेका दुई वडा सदस्यले सनाखत फिर्ताका लागि निवेदन दिएको कार्यालयले जनाएको छ ।





.jpg)