ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा एमाले अब नयाँ ढङगले अगाडि बढ्छ नेता शाह

  सल्यान खबर डेस्क २०७८ भाद्र २१ गते सोमबार २१:३१:०७ मा प्रकाशित

सल्यान २१ भाद्र । 

नेकपा एमालेका केन्द्रिय सदस्य तथा सल्यान जिल्ला ईन्चार्ज गुलाबजङ्ग शाहले नेकपा एमालेलाई अब नयाँ ढङगले अगाडि बढाउनु पर्ने बताएका छन् । उनले केहि साथिहरु छुट्टिएर अलग भएपनि एमाले पार्टि प्रति चासो राख्ने कार्यक्रताहरु कहिकतै अलमलमा नपर्न अनरोध गरेका छन् ।                                                                                                                    सल्यानमा जिल्ला स्तिरिय कार्यक्रता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले भने अध्यादेश मार्फत २० प्रतिशतले पार्टी बिभाजन भएपनि त्यो नेताहरुमा मात्र लागु भएको र जनता, कार्यक्रता २० प्रतिशतमा बिभाजन  नभएर नेकपा एमालेमै रहेको बताएका छन् ।                                                                                               सल्यान जिल्लामा भने ६२ जनाको जिल्ला कमिटी सदश्य मध्ये १० जना मात्र नेकपा समाजबादी पार्टीमा लागेको उनले बाताएका छन् । उनले १० जना जिल्ला कमिटी सदश्य छुट्टिएर जाँदैमा पार्टी कुनै असर नपर्ने बताए । यस्ता पार्टी बिभाजन पहिले देखि नै भएपनि बिभाजनलाई जनाता कहिले पनि नस्विर्काने बताए । कार्यक्रमका प्रमुख अथिति समेत रहेका नेता शाहले अब राजनिति राजनिति छक्कापन्ज तथा ढाँटछल गरेर अगाडी बढ्ना नसक्ने बताए ।                                                                                                 जिल्लामा जनप्रतिनिधिलाई झुक्याएर निर्वाचन कार्यालयमा सनाखत नगरे पद जान्छ भनेर केहि जनप्रतिनिधिलाई जबर्जस्त सानाखत गर्ना लागाएको प्रति नेकपा एमालेको ध्यानआकर्षण भएको बताए । नेता शाहले एमाले कार्यक्रता लाई प्रशिक्षण दिदै एमालेमा अन्तराष्ट्रि स्तरको पार्टी अध्यक्ष राष्ट्रिय नेता, सुर्य चिन्ह र ठुलो हिस्सा एमालेमै रहेको, केहि २÷४ जना बिभाजन भएको प्रति कोहि नेता कार्यक्रता भ्रममा नपरी एकढिक्का भएर लाग्ना सबै कार्याक्रतालाई निर्देशन समेत दिएका छन् ।                                                                                                           कार्यक्रमलाई सम्बोधन नेकपा एमाले प्रदेश कमिटी सदस्य लोक बहादुर डाँगीले पार्टी फुटको खेतीले नेकपा एमालेलाई कुनै पनि असर नपार्ने बताएका छन् । उनले फुटेर जानेहरुको हैसियत आफै बिस्तारै समाप्त भएर जाने भएकोले कार्यक्रतालाई नआतिना अग्रह गरेको छन् । नेपालको राजनिति खेलमा आफनो स्वार्थ अनकुल पार्टी बिभाजन भएपनी यसले जनतालाई कुनै फाईदा नपु¥याएको उनले बताए ।                                                                                              नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष गोबिन्द कुमार पुनले आफनो पार्टीको सरकारलाई हराउनको लागि भोट अन्य पार्टीलाई दिई जो खालको भुमिका खेलेका लाल गद्यार हरुलाई अब हराउने दिन आएको बताएका छन् । उनले तेस्ता लाल गदारहरु प्रतिबन्ध लागाउना , नङग्याउना जनताका नजरबाट गिराउना अब नेकपा एमालेका कार्यक्रताहरु गाउँगाउँ टोल टोलबाट लाग्नु पर्ने बताए । उनले भने सल्यान जिल्लामा प्रकाश ज्वालाहरुको पार्टी सबैभन्दा कान्छो हुने र अन्य पार्टीहरु संग तुलाना गर्न नमिल्ने बताए । उनले भने नेकपा एमाले अब सल्यानको १० वटै स्थानिय तह र ८३ वटा वडाहरुमा संगठन बिस्तारलाई चुस्त दुरुस्त पार्ने बताए ।                                                                                        कार्यक्रमलाई नेकपा एमालेका जिल्ला कमिटी उपाअध्यक्ष  भिमबहादुर सेन, प्रदेश कमिटी सदश्य तिलक मल्ल, मनोज प्रधान, कुल बहादुर गिरी, अनेमसंघ की केद्रिय सदश्य कुन्ता बस्नेत, एमाले जिल्ला कमिटी सदश्य पुप्पा बोहोरा, लागायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।                                                                                                                   कार्यक्रममा सल्यान जिल्लाका १० वटै स्थानिय तहबाट नेता कार्यक्रताले सभागिता जनाएका थिए । कार्यक्रमको संञ्चालन जिल्ला कमिटीका उपसचिब दान बहादुर के.सीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top