होमपेज / राजनीति
भदौ २१,सल्यान
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत सल्यानमा सोमबार वडा कार्यसमिति र क्षत्रिय प्रतिनिधिको चयन भइरहेको छ । सोमबार जिल्लाका ८३ वटै वडामा एकै साथ निर्वाचन भइरहेको हो ।
नेपाली कांग्रेसको जिल्ला निर्वाचन कार्यालयका अनुसार अधिकांस वडामा र्निविरोध चयन भएको छ भने केही वडामा चुनाव भइरहेको जनाएको छ । कति वडामा र्निविरोध नेतृत्व चयन भयो भन्ने एकिन तथ्यांक नआएपनि अधिकांस वडामा चुनाव नभएको खबर आएको निमित्त निर्वाचत अधिकृत डम्बर वलीले जानकारी दिए । फोनको माध्यमबाट जानकारी भएपनि आधिकारिक विवरण आउन अझै समय लाग्ने उनको भनाई छ ।
शारदा नगरपालिकाका ११ वडामा र्निविरोध नेतृत्व चयन भएको छ । बाँकी चार वडामा भने चुनाव भएको शारदा नगरपालिकाका नगर सभापति सचेत शाहले बताए । वडा न ४ मा भएको चुनावमा पदम गिरी निर्वाचित भएका छन् ।





.jpg)