होमपेज / राजनीति
सल्यान १८, भदौ।
सल्यानका ६४ जना जनप्रतिनिधिहरुले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् ।
जिल्लाका दश स्थानीय तहका ६४ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ । निमित्त जिल्ला निर्वाचन अधिकारी तेजेन्द्र कुमार चन्दले विहीबार एक जनाले र बाँकी ६३ जनाले शुक्रवार सनाखत गरेको जानकारी दिए ।
जसमा १६ जना वडाअध्यक्षले सनाखत गरेको नेकपा एकीकृत समाजवादी सल्यानका सचिव रमेश गौतमले बताए । उनले स्थानिय तहका प्रमुख एक जना र उपप्रमुख एक जनाले सनाखत गरेको बताए । सिद्ध कुमाख गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चलाउने नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् । यस्तै कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले पनि निर्वाचन कार्यालयमा पुगेर सनाखत गरेकी हुन । यस्तै ४६ जना वडा सदस्यले पनि सनाखत गरेका छन् ।
जिल्लाका स्थानिय तहमा निर्वाचित भएका अझै केही जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादीमा सनाखत गर्ने सचिव गौतमले जानकारी दिए । जसमा छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष लिलाधर घर्ती, कालिमाटी गाउँपालिका १ का वडाअध्यक्ष रविलाल बस्नेत, कालिमाटी गाउँपालिका ५ का वडाअध्यक्ष चन्द्र बहादुर गाहा मगर लगाएतका केही जनप्रतिनिधिले पनि सनाखत गर्ने उनको भनाई छ ।
कार्यव्यस्तताले शुक्रवार आउन नसकेका जनप्रतिनिधिहरु भदौ २२ गते भित्र निर्वाचन कार्यालयमा आएर सनाखत गर्ने उनको भनाई छ । ‘कुमाख गाउपालिकाका सतप्रतिशत निर्वाचित जनप्रतिनिधि एकीकृत समाजवादीमा सनाखत गरेका छन् । शारदा नगरपालिकाका पनि १८ जनप्रतिनिधि मध्ये १६ जना सनाखत गरेका छन् भने ‘अहिले छुटेका जनप्रतिनिधिहरु २२ गते भित्र आउने समाजवादीले जनाएको छ ।
सर्वसत्तावादका विरुद्ध पार्टी पुनगठन : ज्वाला
एकीकृत समाजवार्दीका नेता प्रकाश ज्वालाले एमाले अध्यक्ष केपी ओलीले देश, जनता र कम्युनिष्ट आन्दोलनलाई धोका दिएका कारण एमालेबाट बिद्रोहको विकल्प नरहेकाले पार्टी पुनर्गठन गर्दै अगाडी बढेको बताए । उनले कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्दै सर्वसत्तावादी सोच र निरंकुश कार्यशैलीबाट पार्टी कब्जा गरिएपछि बाध्य भएर पार्टी पुनर्गठन गरिएको बताए ।
ज्वालाले बृहत कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्धेश्यका साथ आफँुहरु अगाडी बढेकाले बिचलित नहुन आमकार्यकर्ताहरुलाई आग्रह गरे । उनले सल्यान जिल्लाभर एकीकृत समाजवादी पार्टीको पक्षमा आम नेता कार्यकर्ताहरुको उत्साहपुर्ण सहभागिता रहेको दावी गरे ।
नयाँ पार्टी निर्माण गर्दा केही कठिन संघर्ष गर्नुपर्ने भएपनि जिल्लावासीको साथ र सहयोगका कारण कुनै समस्या नहुने बताउनुभयो । निर्वाचन कार्यालयमा जनप्रतिनिधिहरुको सनाखत गर्ने क्रममा पार्टीका नेता ज्वाला सहित जिल्ला अध्यक्ष उदय बोहरा, उपाध्यक्ष राम खड्की, सचिव रमेश गौतम, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटीका पदाधिकारी लगाएतको उपस्थिती रहेको थियो ।





.jpg)