ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेस सल्यानले एकैदिन ८३ वटै वडामा अधिवेशन गर्ने

  सल्यान खबर डेस्क २०७८ भाद्र १७ गते बिहीबार १६:४९:४१ मा प्रकाशित

भदौ १७,सल्यान 
नेपाली कांग्रेस सल्यानले जिल्लाका ८३ वटै वडामा एकैदिन अधिवेशन गर्ने भएको छ । 

नेपाली कांग्रेस सल्यानको बिहीबार बसेको सर्वपक्षिय बैठ्कले आउम्दा भदौ २१ गते ८३ वटै वडामा एकैदिन अधिवेशन गर्ने निर्णय गरेको सचिव प्रकाश भण्डारीले बताए । 
अन्य निर्वाचनको समयतालिकलाई मध्यनजर गरी ८३ वडाको एकै दिन अधिवेशन गर्ने सहमति भएको उनको भनाई छ । वडा बाहेक अन्य निर्वाचन निर्धारित समयमै हुने भएकाले पनि एकै दिन अधिवशेन गर्न लागिएको उनको भनाई छ । 

 निर्वाचन सम्पन्न गर्नकालागी अधिबक्ता सुनिल श्रेष्ठलाई प्रमुख निर्वाचन अधिकृतको रुपमा केन्द्रिय कार्यालयले जिम्मेवारी दिएको छ । वडाको अधिबेशनका लागि प्रत्येक वडामा नेपाल शिक्षक संघ आवद्ध शिक्षकहरुलाई मतदान अधिकृतको रुपमा खटाइने उनको भनाई छ । 

केन्द्रिय कार्यालयले १८ गते अधिबेशनको मिति तय गरेता पनि विविध कारण देखाउदै २१ गते अधिबेशन गर्न लागिएको जिल्ला कार्यसमिति सदस्य कालिप्रसाद भन्डारीले बताए 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top