होमपेज / राजनीति
भदौ १४,सल्यान
माधवकुमार नेपाल समूहले सल्यानमा गठन गरेको एमालेको समानन्तर कमिटी नेकपा (एकीकृत समाजवादी) मा समाहित भएको छ ।
आइतबार बसेको बैठ्कले उदय बोहराको अध्यक्षतामा गठन भएको समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित भएको निर्णय गरेको हो । बैठकले १ सय ३५ सदस्सीय जिल्ला कमिटी गठन गरेको छ ।
एमाले पार्टी भित्र विवाद चुलिदै गर्दा वैशाख ३ गते बोहराको अध्यक्षतामा समानन्तर कमिटी गठन गरिएको थियो । समाजवादीले जिल्ला पदाधिकारीहरुको जिम्मेवारी समेत वाँडफाँड गरेको छ । जसको उपाध्यक्षमा राम खड्की, सचिव रमेश गौतम, सह सचिव भोला केसी रहेका छन् ।
एकीकृत समाजवादीले जारी गरेको विज्ञप्तीमा जिल्लाको समान्तरण कमिटी ससिहत अन्य समानन्तर जिल्ला कमिटी र जनवर्गाीय संगठनहरुलाई पनि नेकपा (एकीकृत समाजवादी) मा रुपान्तरण गरिएको उल्लेख गरिएको छ ।
एमाले अध्यक्ष ओलीले पार्टी एकता कायम राख्न जिम्मेवार भूमिक खेल्नुको साटो पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल लगायत अन्य नेताहरुलाई पटक पटक कारवाही गर्दै तत्लो स्तरमा गिरेर गालीगलौज , देशद्रोही जस्ता निन्दनीय शब्दहरु प्रयोग गर्दै पार्टी एकतालाई बिथोल्ने काम गरेको उल्लेख गरिएको छ ।





.jpg)