ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको नेतामा नेपाल

  सल्यान खबर डेस्क २०७८ भाद्र १३ गते आइतबार १५:५२:५५ मा प्रकाशित

नेकपा ((एकीकृत समाजवादी)  संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत रुपमा चयन भएका छन् । नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो ।

स्थायी कमिटीका सदस्य मुकुन्द न्यौपानेले नेपाललाई संसदीय दलको नेतामा प्रस्ताव गरेका थिए ।

एमालेबाट भदौ ९ गते विभाजित भएर बनेको नेकपा(एस)ले दलको मान्यता पाएको थियो । संसदीय दलको बैठक संसद् भवनमा जारी छ ।

यसैगरी, बैठकले राष्ट्रिय सभाको संसदीय दलको नेतामा वेदुराम भुसाललाई चयन गरेको सांसद जीवनराम श्रेष्ठले जानकारी दिए ।

बैठकले संसदीय दलको विधान मस्यौदा समिति गठन गरेको छ । समितिमा भवानी खापुङ, निरादेवी जैरु, शेरबहादुर कुँवर, लक्ष्मी चौधरी र ठगेन्द्रप्रकाश पुरी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top