ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा (एकीकृत समाजवादी)को पक्षमा ५५ केन्द्रीय सदस्य र ३० सांसदको सनाखत

  सल्यान खबर डेस्क २०७८ भाद्र ९ गते बुधबार १५:१९:४४ मा प्रकाशित

भदाै ९ सल्यान 

माधवकुमार नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताका लागि ५५ केन्द्रीय सदस्य र ३० जना सांसदले सनाखत गरेका छन्। बुधबार निर्वाचन आयोग पुगेर नेकपा एमालेका ५५ केन्द्रीय सदस्य र ३० जना सांसदले नयाँ पार्टी दर्ताका लागि सनाखत गरेको विरोध खतिवडाले बताए। 

नयाँ अध्यादेशअनुसार दल विभाजनका लागि संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्‍याउनुपर्छ। 

सरकारले दल विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा संसदीय दलका सदस्य भए पुग्ने गरी अध्यादेश ल्याएपछि माधव नेपाल समूह एमाले छाडेर नयाँ पार्टी दर्ता गर्न गएको थियो ।

नेकपा एमालेले दलत्यागको कारबाही गरेका १४ सांसदमध्ये ९ जना सांसदले बुधबार नयाँ पार्टी दर्ताका लागि सनाखत गरेका छन् । उनीहरुको हस्ताक्षरलाई मान्यता दिने वा नदिने आयोगले टुंग्याउनुपर्नेछ ।

त्यस्तै वरिष्ठ नेता झलनाथ खनालले दिल्लीबाट गरेको सनाखतलाई पनि मान्यता दिने वा नदिनेबारे आयोगले निर्णय गर्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top