ट्रेण्डिङ

होमपेज / राजनीति

वामदेवको आक्रोश : अध्यक्षलाई आममाफी दिने र गद्दार घोषण गर्ने अधिकार थपौँ

  सल्यान खबर डेस्क २०७८ श्रावण २५ गते सोमबार १८:३५:२१ मा प्रकाशित

नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतम सोमबारको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका छन्। 

विधान संशोधन प्रस्तावमा छलफल गर्न बसेको बैठकमा गौतमले वरिष्ठ नेता माधव नेपालप्रति अध्यक्ष ओलीले देखाएको व्यवहारको कडा आलोचना गरेका हुन्।अध्यक्ष ओलीले मनपरी गरेको भन्दै विधान संशोधन गर्दा अध्यक्षका अधिकारहरूमा त्यसलाई पनि विधानमै राख्न माग गरे। 

‘हाम्रो पार्टीका अध्यक्षलाई आममाफी दिने अधिकार हुनेछ भन्ने र पार्टी अनुशासनात्मक कारबाही गर्दा प्रकृति हेरेर कतिलाई अपराधी भन्न सकिनेछ, कतिलाई गद्दार भन्न सकिनेछ र कतिलाई देशद्रोही पनि भन्न सकिनेछ’ भन्ने उल्लेख गर्नुपर्यो।' वामदेवको भनाई उधृत गर्दै एक नेताले भने। 

ओलीले नेता नेपाललाई गद्दार, देशद्रोहीको आरोप लगाउनुका साथै  पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्ने भन्दै अहिलेसम्म भएका गल्तीमा आममाफी दिने घोषणा गरेका थिए। 

ओलीका अभिव्यक्ति र व्यवहार कुनै पनि कम्युनिष्ट पार्टिको विधानमा उल्लेख नभएको र यस्ता आरोपहरू लगाउने नगरिएको भन्दै गौतमले यो विषय उठाएका हुन्। 

'वरिष्ठ नेता नेपालसँग भएका राजनीतिक मतभिन्नताका सन्दर्भमा अध्यक्ष केपी ओलीले उहाँलाई अपराधी भन्नुभयो, गद्दार र देशद्रोही पनि भन्नुभयो। अध्यक्षले त्यस्तो भन्न पाइन्छ भने विधानमा व्यवस्था गर्नुपर्‍यो। बोल्नुहुँदैन भने किन बोल्नुभयो ? मनपरी गर्न पाइँदैन। गौतमले भने, ‘त्यसैले पार्टीमा कसैले गल्ति गर्‍यो भने राजनीतिक कारबाही हुन्छ।’

 वामदेवले यसो बोलिरहँदा बैठक हलमा सन्नाटा छाएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top