होमपेज / राजनीति
साउन १६,सल्यान
सल्यानको कालिमाटी गाउँपालिकाले स्व–इच्छाभारी र अपारदर्शी कामकारवाही गरेको भन्दै तीन दलले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाली काँग्रेस, नेकपा माओवादी (केन्द्रं र नेकपा (एमाले) शनिबार सयुक्त विज्ञप्ती जारी गर्दै स्थानीय सरकारले गर्ने विकास निमार्ण देखि कर्मचारी नियूक्ति गर्दा राजनीतिक आग्रह पूर्वाग्रह नातावाद कृपावादका आधारम ागर्ने, जनताको काममा ढिलासुस्त गर्ने, योजना अनुुगमन र भुक्तानी दिदा अपारदर्शी व्यवहार गर्ने गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा मुख्यमन्त्री रोजगार कार्यक्रम कार्यन्वयनको सिलसिलामा निमार्ण कार्य सम्पन्न भएका योजनाहरु वडा न १ डाँडा सिरखोला सडक, वडा न ४ को पुरुवाखेत असुरेनी सडक वडा न ५को बालुवा दमदुवाली सडक, त्रिवेणी खेलमैदान वडा न ६ को तिल्केनी सिचाइ कुला, ढिक सिचाई कुलो, ढिक तटबन्ध योजनाको करिब डेढ करोड बराबरको काम गरेका श्रमिकले ज्याला नपाएको उल्लेख गरिएको छ ।
यस्तै भुक्तानी भएका अन्य योजनामा पनि सरकारले तोकेको पारिश्रमिक भन्दा कम दिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । उक्त भुक्तानी नदिएको योजनाको रकम सात दिन भित्र भुक्तानी दिन माग गरिएको छ ।






.jpg)