ट्रेण्डिङ

होमपेज / राजनीति

वाइसिएल सल्यानद्धारा अग्निपिडित र र्दीघ रोगीलाई राहत वितरण

  सल्यान खबर डेस्क २०७८ श्रावण ११ गते सोमबार १३:१७:१९ मा प्रकाशित

साउन ११,सल्यान 
योङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसिएल) सल्यानद्धारा अग्निपिडित र र्दीघ रोगीलाई राहत वितरण गरिएको छ ।
प्राकृतिक विपद् (अग्निपिडित), र्दीघरोगी र पहिरोको उच्च जोखिममा रहेका कपुरकोट गाउँपालिकाका पाँच घरपरिवारलाई राहत वितरण गरिएको वाइसिएल सल्यानले जनाएको छ । 

वाइसिएलका अनुसार कपुरकोट गाउँपलिका २ दानबाङ्गका अग्निपिडित शुक्र बहादुर बुढा र दानवाङ्गकै हिमा घर्तीलाई जनही ३७ हजार ५ सय रुपैयाँ वितरण गरिएको छ । यस्तै आगलागीबाट आशिंक क्षति भएका कपुरकोट २ धनवाङ्गै खड्क बहादुर विश्वकर्मालाई ५ हजार, मृगौला फेल भएकी कपुरकोट गाउँपालिका २ धनठानकी बिमा विश्वकर्मालाई १० हजार र पहिरोबाट घरमा आंशिक क्षति भएका कपुरकोट गाउपालिका ५ सिन्दुरीका पूर्ण बहादुर भण्डारीलाई ५ हजार नगद राहत वितरण गरिएको वाइसिएल सल्यानका अध्यक्ष प्रकाश भण्डारीले बताए ।

 उनका अनुसार ९५ हजार नगद र ५ हजार १ सय जिन्सी गरी १ लाख १ सय रुपैयाँ राहत वितरण गरिएको छ ।  
प्राकृतिक विपद् वा अन्य कुनै कारण समस्यामा परेका व्यक्तिलाई संगठनले सक्दो सहयोगलाई निरन्तरता दिने उनको भनाई छ । आपत् विपत्मा परेकालाई सक्दो सहयोग गर्ने संस्कृतिको विकास गरौं भन्ने मूल नाराका साथ संगठनले अभियाननै सञ्चालन गरेको उनको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top