ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाली काँग्रेसद्धारा सल्यान अस्पतालाई अक्सिजन कन्सेन्ट्रेटर प्रदान

  सल्यान खबर डेस्क २०७८ असार १२ गते शनिबार १४:१७:१० मा प्रकाशित

असार १२,सल्यान 
नेपाली कांग्रेसले सल्यानले सल्यान जिल्ला अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ। नेपाली कांग्रेसको कोभिड(१९ संक्रमण नियन्त्रण तथा अनुगमन समितिले अस्पताललाई १० लिटरको एक थान कन्सन्ट्रेटर सहयोग गरेको हो।

कोभिड १९ का बिरामिहरुलाई उपचारमा थप सहयोग पुगोस भन्ने उद्देश्यका साथ १ थान १० लिटरको कन्सन्ट्रेटर अस्पताललाई प्रदान गरिएको नेपाली कांग्रेसले बताएको छ।

कांग्रेसका सहमहामन्त्री डा।. प्रकाशशरण महतको पहलमा पठाइएको उक्त स्वास्थ्य सामग्री नेपाली कांग्रेस कोभिड १९  संक्रमण, नियन्त्रण तथा अनुगमन समिति सल्यानका संयोजक एबम क्षेत्रीय सभापती सन्तोष केसीले  अस्पतालका डाक्टर भिमकान्त लामिछाने जैसीलाई हस्तान्तरण गरेका हुन।

कन्सन्ट्रेटर हस्तान्तरण गर्दै संयोजक केसीले बिपतको समयमा सबैले सहयोग गर्नुपर्ने बताए। सबैको आपसी सहयोगबाट कोरोना परास्त गर्न सकिने उनले बताए। आगामी दिनमा कांग्रेसले आबस्यकता अनुसार सहयोग गर्ने केसिको भनाई रहेको छ।

अस्पतालका डाक्टर भिमकान्त लामिछाने जैसीले सहयोगका लागी नेपाली कांग्रेस र पहलकर्तालाई धन्यवाद दिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top