ट्रेण्डिङ

होमपेज / राजनीति

बागचौर नगरपालिकाद्धारा शहिद तथा वेपत्ता परिवारलाई सम्मान

  सल्यान खबर डेस्क २०७६ फाल्गुण २१ गते बुधबार १९:३४:४६ मा प्रकाशित

फागुन २१, सल्यान 
बागचौर नगरपालिका सल्यानले जनयुद्धका शहिद, वेपत्ताका परिवारलाई सम्मान गरेको छ । बुधबार नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । 
सम्मान कार्यक्रममा शहिद तथा वेपत्ता परिवारलाई एक एक थान फाइबर सिरक र हिल ट्यांकी प्रदान गरेको छ । 
नगरपालिका भित्रका ४५ शहिद तथा वेपत्ता परिवारलाई सिरक र हिल ट्यांकी वितरण गरिएको छ । शहिद वेपत्ता परिवारको सम्मानका लागि गत वर्ष देखि यस्ता कार्यक्रम गर्दै आएको र यसको निरन्तरता स्वरुप यो वर्ष फाइबर सिरक र हिल ट्यांकी वितरण गरिएको नगरप्रमुख लोकमान बुढाथोकीले बताए ।
 हिल ट्याकी प्रयोगले शहिद वेपत्ता परिवाजनहरुलाई पानीको समस्या समाधानमा टेवा पुग्ने उनको भनाई छ । उनले  शहिद वेपत्ता परिवारजनको माग अनुसार आगमी दिनमा सिपमुलक आर्यआर्जनका कार्यक्रम समेत सञ्चालन गरिने बताए । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top