ट्रेण्डिङ

होमपेज / राजनीति

कर्णाली प्रदेश : नीति तथा कार्यक्रम बहुमतले पारित

  सल्यान खबर डेस्क २०७८ असार १ गते मंगलबार १७:३१:१० मा प्रकाशित

 कर्णाली प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम पारित भएको छ।

कर्णाली प्रदेश सभाको आठौँ अधिवेशनको नवौं बैठकमा नीति तथा कार्याक्रम बहुमतले पारित भएको सभामुख राजबहादुर शाहीले घोषणा गरे।

नीति तथा कार्यक्रममा उठेका विषयवस्तुमाथि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जवाफ दिइसकेपछि नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरिएको थियो।

नेकपा एमाले नीति तथा कार्यक्रमको विपक्षमा उभिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top