ट्रेण्डिङ

होमपेज / राजनीति

निष्कासित कर्णालीका ४ सांसद एमालेमै

  सल्यान खबर डेस्क २०७८ जेठ ३१ गते सोमबार १८:१६:४३ मा प्रकाशित

 एमालेबाट निष्कासित चार सांसदहरु एमाले नै भएको घोषणा गरिएको छ। कर्णालीका सभामुख राजबहादुर शाहीले सर्वोच्चको आदेशले पुनर्वहाली भएका चार जना एमाले संसदीय दलको सदस्यका रुपमा फर्किएको पत्र प्रदेशसभामा पढेर सुनाएका हुन्।

प्रदेशसभाको नीति तथा कार्यक्रमको छलफलमा सम्बोधन गर्दै सभामुख शाहीले एमालेका प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा सर्वोच्च अदालतको आदेश अनुसार नेकपा एमाले प्रदेश संसदीय दलको सदस्यको हैसियतमा कायम रहने घोषणा गरे।

सभामुखले पत्र पढेर सुनाएपछि एमाले संसदीय दलका नेता यामलाल कँडेलले एमालेका सांसद लिएर सरकार चलाउने कुरा मान्य नहुने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top