ट्रेण्डिङ

होमपेज / राजनीति

कर्णाली प्रदेशको आगामी आर्थिक वर्ष २०७८ /०७९ को नीति तथा कार्यक्रम सार्वजनिक

  सल्यान खबर डेस्क २०७८ जेठ २९ गते शनिबार १९:५४:०३ मा प्रकाशित

जेठ २९,सल्यान 
कर्णाली प्रदेशको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । शनिबार बसेको प्रदेश सभा बैठकबाट प्रदेश सरकारले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । 

स्वास्थ्य, शिक्षा, उत्पादन र रोजगारः दिगो विकास र समृद्धिको लागि पूर्वाधार भन्ने मूल ध्येयलाई लिई प्रदेशले आगामी वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश अस्पताल सुर्खेतलाई शिक्षण अस्पताल बनाउने र सबै जिल्ला अस्पताललाई विशेषज्ञ सेवा प्रवाह गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

दुर्गमका बिरामीलाई टेलिमेडिसिन सेवा सञ्चालन गर्ने, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थापना, एक स्थानीय तहः एक अन्न भकारी, व्यवसायिक शिक्षा तथा तालिम केन्द्र स्थापना, छोरी बुहारी छात्रवृति कार्यक्रम, एक स्थानीय तह एक नमूना सामुदायिक विद्यालय कार्यक्रम, मुख्यमन्त्री दलित आयआर्जन प्रर्वद्धन कार्यक्रम, बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको लगायतका कार्यक्रमलाई नीति तथा कार्यक्रममा निरन्तरता दिइएको छ ।  

कालिकोटको पिली, रुकुमको खारा, जाजरकोटको जुनीमा युद्ध संग्राहालय निमार्ण, पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न होटल, सामुदायिक होमस्टे तथा पर्यटन सहकारी स्थापना तथा विकास गर्न प्रोत्साहन गरिने उल्लेख गरिएको छ । 

निती तथा कार्यक्रममा जनआन्दोलन, जनयुद्ध र प्रदेश प्राप्तिको आन्दोलनका क्रममा मृत्यु भएका शहिद, तथा वेपत्ता परिवार घाइते र अपांगता भएका व्यक्तिको सीप विकास र निःशुल्क स्वास्थ्य उपचार कार्यक्रमलाई निरन्तरता, न्युनतम जीविकोपार्जन एवंम् सम्मानका लागि शहिदका परिवारलाई आमा बुवाको पहिलो हकाधिकार हुने गरी मासिक रु दुई हजार शहिद स्मृत भत्ता, गम्भिर प्रकृतिका सहाराविहिन घाइते, अपांगताहरुको संरक्षणका लागि पुनस्थापर्ना केन्द्र स्थापना, जनआन्दोलन, जनयुद्ध र प्रदेश पाप्तीको आन्दोलनका क्रममा घाइते, अपांग भएका व्यक्तिलाई अधिकतम मासिक रु दुई हजारसम्म जीवन निवार्ह भत्ता उपलब्ध गराउने लगायतका कार्यक्रम  उल्लेख गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top