होमपेज / राजनीति
नेकपा एमालेले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको स्थायी कमिटी बैठकले खनाल र नेपालसहित ११ सांसदलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।
शनिबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै खनाल–नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तर, कसैले पनि स्पष्टीकरणको जवाफ नबुझाएपछि एमालेले उनीहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।निष्कासनमा पर्नेमा नेपाल-खनालसहित भीम रावल, रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, कलिला खातुन,सरला यादव, पुष्पा कुमारी कर्ण, लक्ष्मीकुमारी चौधरी,निरादेवी जैरु र कल्याणी खड्का रहेका छन् ।





.jpg)