होमपेज / राजनीति
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी गठबन्धनका तर्फबाट प्रधानमन्त्री पदका लागि दाबी पेस गरेका छन् ।
शुक्रबार देउवाले १४९ सांसदको हस्ताक्षरसहित शीतलनिवास पुगेर प्रधानमन्त्रीमा आफ्नो दाबी पेस गरेका हुन् । प्रधानमन्त्रीका लागि देउवालाई कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाका १२ र एमालेको माधव नेपाल समूहका २७ सांसदको समर्थन छ ।
संविधानको धारा ७६ को उपधारा ५ मा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदले बहुमतको आधार प्रस्तुत गर्दै प्रधानमन्त्रीमा दाबी गर्न सक्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार देउवाले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका हुन् ।
प्रधानमन्त्रीमा दाबी प्रस्ताव गर्दै देउवाले बुझाएको प्रस्तावमा एमालेको नेपाल समूहका २७ सांसदको हस्ताक्षर छ । यद्यपि नेपालनिकट मानिएका सांसदहरू सुरेन्द्र पाण्डे र जयकुमार राईले आफूहरुले देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर नगरेको बताएका छन् ।
नेपाल समूहमा २८ सांसद रहेको भनिएपनि देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा योगेश भट्टराईले भने हस्ताक्षर गरेनन् ।
यी हुन् देउवालाई साथ दिने नेपाल समूहका २७ सांसद
१. मुकुन्द न्यौपाने
२. झलनाथ खनाल
३. पवित्रा निरौला खरेल
४. भवानी खापुङ
५. जयकुमार राई
६ . यज्ञराज सुनुवार
७. गणेश पहाडी
८. विरोध खतिवडा
९. कृष्णलाल महर्जन
१०. माधवकुमार नेपाल
११. जीवनराम श्रेष्ठ
१२. नारायण खतिवडा
१३. घनश्याम भुसाल
१४. गोकर्ण विष्ट
१५. सोमप्रसाद पाण्डे
१६. मेटमणी चौधरी
१७. झपट रावल
१८. भीमवहादुर रावल
१९. दिपकप्रकाश भट्ट
२०. सुरेन्द्र पाण्डे
२१. रामकुमारी झाँक्री
२२. सरला यादव
२३. पुष्पाकुमारी कर्ण
२४ं कल्याणी खड्का
२५.निरादेवी जैरु
२६. कलिला खान
२७. लक्ष्मीकुमारी चौधरी





.jpg)