ट्रेण्डिङ

होमपेज / राजनीति

दार्मा गाउँपालिकाका विगत चार वर्षलाई फर्केर हेर्दा, चार वर्षका चार बुँदा

  सल्यान खबर डेस्क २०७८ जेठ १ गते शनिबार १५:०७:३७ मा प्रकाशित

जेठ १,सल्यान 
स्थानीय तहको निर्वाचन भएको शुक्रबार एक वर्ष पुरा भएको छ । स्थानीय निकायको निर्वाचन भएको झन्डै २२ वर्ष पछि भएको स्थानीय तहको निर्वाचन भएको चार वर्ष धेरैका आशा र अपेक्षा रहेको थिए । आफूँले चुनेका जनप्रतिनिधिले धेरै काम गर्ने विश्वास जनताले लिएका छन् । देशमा संघीयता आएपछिको पहिलो निर्वाचन भएकाले त्यसलाई संस्थागत विकास गर्नु पहिलो दायित्व हुन्छ नै । 
स्थानीय तहको निर्वाचन भएको चार वर्षलाई चार बुँदामा उल्लेख गर्ने प्रयास गरिएको छ । 

१ दीगो,समावेशी र तीव्र विकासको लक्ष्यसहित पूर्वाधार विकास तथा मानव संसाधन विकासको बलियो र दीर्घकालीन आधारस्तम्भ निर्माण गरिएको छ।

२ पहिलो वर्ष विभिन्न चरण र तहका निर्वाचन र निर्वाचन आचारसंहिता तथा अनुभव आर्जनको वर्षका बावजुद जेठ ११ मा पदवहाली लगत्तै भाडाको घर खोजेर आ..व।. ०७४०\ ७५ को नीति तथा कार्यक्रम र बजेट निर्माणसंगै सरकार सञ्चालनका लागि अत्यावश्यक कानुन,प्रोफाइल,विभिन्न सम्बैधानिक समिति गठन DPR,RMTMP वातावरणीय प्रभाव मूल्यांकन ,रणनीतिक योजना ,गुरुयोजनासहित दीर्घकालीन आधार स्तम्भ(Long term Foundation).र्माण वर्षका रुपमा बित्यो।

३ दोस्रो र तेस्रो वर्ष पहिलो वर्षको जगमा टेकेर सकारात्मक शिक्षा र समीक्षासहित दार्मा गाउँपालिकाको इतिहासमै तीव्र र गुणात्मक विकासका वर्षहरु रहे।
यी दुई वर्षमा खानेपानी,सडक,विद्युतिकरण,सिचाइलाई विशेष प्राथमिकतामा राखियो।

क . २८ वटा लिफ्ट खानेपानी र ३७  वटा अन्य खानेपानी गरेर करिव १४ करोडको लागतमा योजना सम्पन्न भए भने केही ठुला र मझौला खानेपानी आयोजनाहरु निर्माणाधीन छन्,दार्मा खानेपानी आयोजनाका लागि गाउँपालिकाले गरेको डिपिआर अनुसार न्युनतम लागत अनुमान ४६ करोड ६८ लाख ५० हजार रहेकोमा अझै खानेपानीको न्युनतम आवश्यकता पूर्ति गर्न कम्तिमा करिव ३३ करोड बजेट आवश्यक छ,अझै थुप्रै वस्तीहरुमा खानेपानीको जटिल समस्याहरु छन्।

ख.  विना मापदण्ड र सडक गुरुयोजना जथाभावी खनेर वस्ती र जंगल उजाड पारिएका ६ दर्जन बढी नाम मात्रका सडकहरुलाई मापदण्डअनुसार आवश्यकता पहिचान गरी स्तरिकरण र श्रेणीकरण गरियो।तीन वर्षमा ७८ किलोमिटर सडक स्तरवृद्धि साथै नयाँ निर्माण  र २३७ किलोमिटर मर्मत सम्भार गरिएको छ भने चौथो वर्षमा थप करिव ३० किलोमिटर स्तरवृद्धि र नयाँ निर्माण तथा करिब १४६ किलोमिटर मर्मत सम्भार गरिएको छ।
यसै वर्ष थारमारे मौलोहाले फारुला र बाँङेलाँकुरी सेताडाँडा फारुला सडक कालोपत्रे गर्न सम्झौता भएको छ।दार्मा खोलाको पक्की सडक पुल निर्माणको अन्तिम चरणमा छ।रोजगार अमयोजना अन्तर्गत थप दर्जन बढी कृषि र पर्यटन सडक निर्माण गरिएका छन्।

ग.  वर्षौंदेखि अँध्यारोमा रहेको दार्मालाई उज्यालो युगमा लैजान पालिकाको सिमानाबाट २१ किलोमिटर टाढा रहेको विद्युत लाइनलाई सिमानामासम्म ल्याउन डेढ वर्ष करिब २ करोड बजेट खर्च गर्नुपर्यो भने बाँकी अढाइ वर्षमा पालिकाको केन्द्र,६ वटै वडाका केन्द्र,स्वास्थ्य चौकी,माध्यमिक विद्यालयलगायत पालिकाको ६०५ बढी क्षेत्रमा ५ करोड बढी खर्च गरेर मुख्यलाइन विस्तार गरिसकिएको छ भने शाखा लाइन करिब २०५ मात्रै वितरण हुन सकेको छ,दार्मा गाउँपालिकाको पूर्ण विद्युतिकरणका लागि अझै ११ करोड ७६ लाख लाग्ने डिपिआरले देखाएको छ।टेण्डर भई सम्झौता भइसकेका योजनाका लागि फ्याक्ट्रीमा पोलरतार नपाएर तथा विगत १ वर्षदेखिको कोभिड महामारी,लकडाउन,केही ठेकेदारको लापरबाही आदीका कारण दुई वर्ष अगाडिको बजेट पनि खर्च हुन नसक्दा यसै कार्यकालभित्र पूर्ण विद्युतिकरण गरेर उज्यालो दार्माको सपना पूरा गर्ने हाम्रो लक्ष्यमा बाधा उत्पन्न भएको छ।२०७६ कार्तिक २० गते मा.उर्जा तथा जलश्रोत मन्त्री वर्षमान पुनज्युको समुपस्थितिमा अभूतपूर्व जनसहभागितासहित पालिकाको केन्द्र फारुलामा बिजुली बत्ती उदघाटनको कार्यक्रमसंगै हामी दर्माली उज्यालो युगमा प्रवेश गरेको सुखद दिन हो।

घ. कृषिको आधुनिकिरण,व्यवसायीकरण र उत्पादन वृद्धि दार्मा र दर्माली जनताको  समृद्धिको मुख्य  आधार हो।त्यसका लागि सिंचाइ पूर्वाधार निर्माण,प्रविधि हस्तान्तरण,कृषि अनुदान,तालिम,नमुना फर्म सञ्चालन आदी कृषि र पशुपालन क्षेत्रका महत्त्वपूर्ण कार्यक्रम हुन्।दार्मा गाउँपालिकालाई दूध पकेट क्षेत्रका रुपमा विकास गर्न सबै तह र साझेदार संस्था  तथा सहकारीहरुसंग समन्वय गरी काम अघि बढाइएको छ।करिव ३ करोडको लगानीमा १०३ वटा साना(ठुला सिचाइँ पूर्वाधार निर्माण भएका छन्,अझै करोडौं बजेट आवश्यक छ।

ङ . स्वास्थ्यका क्षेत्रमा भएका तीनवटा स्वास्थ्य चौकीको स्तरवृद्धिरल्याव सञ्चालन,थप तीन वटा स्वास्थ्य चौकी र २ वटा सामुदायिक इकाई निर्माण र सञ्चालन,पालिकाको केन्द्रमा ९ रोपनी जग्गा प्राप्ति संगै प्रसुति भवन र कोभिड अस्थायी अस्पताल निर्माण गरेर एमविविएस डाक्टरसहितको सेवा सञ्चालन,नागरिक आरोग्य केन्द्र स्थापना र सञ्चालन,पालिका अस्पतालका लागि ३३ रोपनी जग्गा प्राप्ति र १८ करोड ६ लाख लागतको १५ शैयाको पालिका अस्पताल निर्माणका लागि टेण्डर भई सम्झौता प्रक्रियामा रहेको छ।कोभिड महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चालेर अघिल्लो वर्ष पूर्ण नियन्त्रणमा लिएको र यो वर्ष नियन्त्रणका लागि  हरसम्भव सबै उपाय र साधन स्रोत परिचालन गरिएको छ।

च. शिक्षा क्षेत्रमा पूर्वाधार निर्माणका अतिरिक्त आवधिक शैक्षिक कार्ययोजना,शैक्षिक पुनर्संरचना कार्यदलमार्फत् विद्यालय समायोजन ,दरबन्दी मिलान,स्थानीय पाठ्यक्रम निर्माण,पाठयोजनासहितका शिक्षण क्रियाकलापमा जोड,प्रविधिमैत्री सिकाइ,शिक्षालाई श्रम र उत्पादनसित जोड्ने अभ्यास भएको छ।खेलकुद,कला,साहित्य र संस्कृतिका क्षेत्रमा पूर्वाधार निर्माण तथा संरक्षण एवं प्रोत्साहनका लागि उल्लेख्य कार्य भएको छ।
जनप्रशासन,सुशासन,न्याय सम्पादन,पारदर्शिता,सुचना सम्प्रेषणका लागि स्रोत र साधन परिचालन गरिएको छ।

छ. यसका अतिरिक्त भवन संरचना निर्माण,झोलुङ्गे पुलहरु,आरसिसि पुल,सहकारी भवन,संचार, वन,वातावरण,पर्यटन ,साझेदार संघसंस्थासंग सहकार्य र परिचालन,जनसहकारीलाई उच्च प्राथमिकता,आवश्यक जनशक्ति व्यवस्थापन,वलिदानको सम्मान,लक्षित समुदायलाई शसक्तिकरण र मुलप्रवाीकरण,राहत र सहयोग वितरण,सामाजिक न्याय र समन्यायिक नीति,योजना,बजेट निर्माण र कार्यान्वयनमा प्रयाप्त ध्यान दिइएको छ।

ज. रोजगारी र सीपबिकासमा उल्लेख्य लगानी गरिएको छ,त्यसबाट अपेक्षित उपलब्धि र उद्यम विकासले गति लिन सकेको छैन,उत्पादनलाई उद्यम र सहज बजारिकरण अबको आवश्यकता हो।

ज. रोजगार सिर्जनाका लागि हरप्रयास र लगानी गरिएको छ। पहिलो वर्ष बाहेक बाँकी ३ वर्षमा तीनवटै तहका सरकारमार्फत करिब १५ करोडको स्वरोजगार कार्यक्रम  सिर्जना गरेर विभिन्न आयोजनाहरुमा करिब २ हजार सुचिकृत बेरोजगार परिचालन भई बिकास निर्माण र जनताको  प्रत्यक्ष आम्दानी भएको छ।अघिल्लो वर्ष सुचिकृत ४५५१ मा यो वर्ष थप भई ६२२४ जना बेरोजगार सुचिकृत हुनुभएको छ,यसले दार्मा गाउँपालिका नेपालकै एक नम्बर बेरोजगार सुचिमा देखाउँछ,यो सकारात्मक चुनौती हो,स्थानीय तहबाट मात्रै बिकास र रोजगारको यो भोकलाई मेटाउन कठिन छ,सबै तहका सरकारसंग सहकार्य गर्दै बाँकी रहेको समय समग्र विकासका लागि  हामी अत्यधिक सदुपयोग गर्नेछौं ।

४. तेस्रो वर्षको उत्तरार्धमा शुरु भएको कोभिड महामारी र त्यसको लगत्तै आएको विडम्बनापूर्ण राजनीतिक अस्थिरताले विकासको गतिमा ठुलो धक्का महसुस भएको छ,महामारी र राजनीतिक अन्यौलता,अकर्मण्यता,अस्थिरताले हामीलाई नराम्ररी गाँजेको छ,बिकासका लागि तनावमुक्त वातावरण र राणा वा पंचायत नै भए पनि राजनीतिक स्थिरता र दूररदृष्टिकोण चाहिन्छ भन्ने कुरा राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभवहरुले पुष्टि गरिसकेका छन्।तर विकासले वर्गीय पक्षधरतालाई नकार्दैन भन्ने पनि उत्तिकै सत्य हो।

लेखक दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी हुन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top